संस्कृतमा, गुरु (गुरु) भनेको ‘गु’ (अँध्यारो) र ‘रु’ (प्रकाश) हो । एक गुरुले सिकाउनुहुन्छ कि अज्ञानताको अन्धकार सत्य ज्ञान वा बुद्धिका प्रकाशले हटाइन्छ । येशू अन्धकारमा बस्ने मानिसहरूलाई सिकाउने ज्ञानका निम्ति चिनिएको हुनुहुन्छ त्यसैले उहाँलाई गुरु वा आचार्यको रूपमा लिनुपर्दछ । ऋषि यशैयाले आउँदै गरेको बारेमा भविष्यवाणी गरेका थिए । ईसापूर्व ७०० मा उनले हिब्रू वेदमा भविष्यवाणी गरेका थिए कि:
हिला मानिसहरूले सोचे जबूलून र नप्तालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुनः समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू।
यशैया ९: १ ख -२
2 ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले “दिव्य ज्योति” देख्नेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर दिव्य ज्योति तिनीहरूमाथि चम्किनेछ।
गालीलको अन्धकारमा मानिसहरूकासामु आउन लागेको यो ‘ ज्योती’ के थियो ? यशैयाले भने:
6 कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”
यशैया ९:६
यशैयाले भविष्यवाणी गरिसकेका थिए कि आउनुहुने एक कन्याबाट जन्मनु हुनेछ । यहाँ उनले निर्दिष्ट गरे कि उहाँ “महान परमेश्वर” कहलाइनुहुन्छ, र शान्तिका लागि सल्लाहकार हुनेछ । गालीलको किनारबाट सिकाउने यो शान्तिका गुरु महात्मा गान्धीमा उनको प्रभावबाट धेरै टाढा भारतमा महसुस गरियो ।
गान्धी र येशुको डाँडाको उपदेश
इंग्ल्याण्डमा, येशूको जन्मको १९०० वर्ष पछि, भारतको एक युवा कानून विद्यार्थी जो महात्मा गान्धी (वा मोहनदास करमचन्द गान्धी) भनेर चिनिन्छन् उनलाई एउटा बाइबल दिइयो । जब उनले डाँडाको उपदेश भनेर चिनिने येशूका शिक्षाहरू पढ्छन् । उनले महसुस गर्दछन कि ।
“… डाँडाको उपदेश जुन सीधा मेरो हृदयमा गयो ।”
एम.के.गान्धी, एक आत्मकथा वा सत्यको साथ मेरा अनुभवहरूको कहानी । १९२७ पाना नं ६३
येशूले “अर्को गाला पनि थापी दिनु ” भन्ने शिक्षाले गान्धीलाई अहिंसा (चोट – बिना र हत्या – बिना) यो अवधारणाको पुरानो अवधारणामा अन्तरदृष्टि प्रदान गर्यो । यो सोचाइ प्रख्यात वाक्यांशमा परिलक्षित हुन्छ । ‘अहिंसा परमो धर्म’ (अहिंसा उच्च नैतिक गुण हो) । गान्धीले पछि यस शिक्षालाई राजनीतिक शक्ति सतितग्रह वा सत्याग्रहमा परिमार्जित गरे । यो उनको बेलायती शासकहरु संग अहिंसक असहयोगको प्रयोग थियो । धेरै दशकसम्म गरेको सत्याग्रहको परिणामस्वरूप ग्रेट ब्रिटेनबाट भारत स्वतन्त्र भयो । गान्धीको सत्याग्रहले भारतलाई ठूलो मात्रामा शान्तिमय ढंगले बेलायतबाट स्वतन्त्र हुन सहमति दियो। यी सबैलाई येशूको शिक्षाले असर गर्यो ।
येशूको डाँडाको उपदेश
त्यसोभए येशूको ‘डाँडाको उपदेश‘ के हो जसले गान्धीलाई प्रभाव पार्यो ? यो सुसमाचारको सबैभन्दा लामो अभिलेख गरिएको सन्देश हो । यहाँ डाँडाको पूर्ण उपदेश छ जबकि हामी केही कुराहरूमा मात्र विशेष जोड दिदछौं ।
21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्।जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’
मत्ती ५:२१-४८
22 तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खडा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।
23 “जब तिमीले परमेश्वरलाई भेटी चढाउछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने,
24 त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।
25 यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अधिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ।
26 म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुञ्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।
27 “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’
28 तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।
29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।
30 यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।
31 ‘यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’
32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।
33 “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’
34 तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो।
35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शाहर हो।
36 अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ।
37 यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढता चाहिं दुष्ट-तर्फबाट भएको हो।
38 “तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र ‘दाँतको बदला दाँत।’
39 तर म तिमीहरूलाई भन्दछु, ‘दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदाओ।
40 यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल।
41 यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंडन लगाउँछ भने उसित दुईमाइलसम्म जाऊ।
42 यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।
43 ‘तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’
44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर।
45 यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ।
46 यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्।
47 अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्।
48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।
येशूले यस्तो संरचना प्रयोग गर्न सिकाउनुभयो:
“तिमीहरुले सुनेका छौं कि यो भनिएको छ … तर म तिमीहरुलाई भन्दछु…”।
यस संरचनामा उसले मोशाको व्यवस्थाबाट पहिले उद्धृत गर्दछ, र त्यसपछि आदेशको दायरा मनसाय, विचार र शब्दहरूमा विस्तार गर्दछ। येशूले मोशामार्फत दिइएका कडा आदेशहरू लिएर सिकाउनुभयो र ती देशहरूलाई अझ गाह्रो बनाउनुभयो !
डाँडाको उपदेशमा नम्र अख्तियार
उल्लेखनीय कुरा के हो भने उहाँले व्यवस्थाका आदेशहरू कसरी विस्तार गर्नुभयो । उहाँले आफ्नो अधिकारमा आधारित भएर यो गर्नु भएको थियो । कुनै बहस र धम्की बिना उहाँले केवल भन्नु भयो , ‘तर म तिमीलाई भन्दछु…’ र यसरी उहाँले आदेशको दायरा बढाउनु भयो । उहाँले नम्रतापूर्वक यो अधिकारसँगै गर्नु भयो । यो नै उहाँको शिक्षाको बारेमा अनौंठो कुरा थियो । जब उहाँले यो उपदेश सिध्याउनु भयो त्यस पछि सुसमाचारले स्पष्ट भन्छ ।
28 येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे।
मत्ती ७:२८-२९
29 किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।
येशूले गुरूको रूपमा ठूलो अधिकारका साथ सिकाउनुभयो । प्राय: अगमवक्ताहरू सन्देशवाहकहरू थिए जसले परमेश्वरबाट आएको सन्देश पुर्याउने गर्दथे , तर यहाँ भने यो फरक थियो। येशूले यो किन गर्न सक्नुहुन्थ्यो ? “ख्रीष्ट” वा “मसीह” को रूपमा उहाँसँग ठूलो अधिकार थियो । हिब्रू वेदको भजनसंग्रह २, जहाँ ‘ख्रीष्ट’ को शीर्षक पहिलो पटक घोषणा गरिएको थियो कि परमेश्वरले ख्रीष्टसँग यसरी बोल्नुभयो:
8 यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
भजन २:८
पृथ्वीको अन्तसम्म समेत ख्रीष्टलाई ‘जातिहरू’ माथि अख्तियार दिइयो । तसर्थ, ख्रीष्टको भएकोले , येशूसित आफूले सिकाउने तरिकामा अधिकार थियो र उहाँको शिक्षा सबैमा जान्छ ।
वास्तवमा, मोशाले (१५०० ईसा पूर्व) आउँदै गरेको भविस्यवक्ताको बारेमा लेखेका छन् जो शिक्षामा अद्वितीय थिए । मोशासँग कुरा गर्दा, परमेश्वरले प्रतिज्ञा गर्नुभयो ।
18 म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ।
व्यवस्था १८:१८-१९
19 त्यो अगमवक्ताले मेरो निम्ति बोल्नेछ अनि जब उसले भनेको कुरो अथवा मेरो आज्ञा कसैले उल्ङ्घन गरे उसले सजाय पाउँनेछ।’
आफूले दिएको शिक्षामा जस्तै , येशू ख्रीष्टको रूपमा आफ्नो अधिकारको प्रयोगको अभ्यास गर्दै हुनुहुन्थ्यो र उहाँ आउँदै गरेको भविस्वाबक्ताको भविष्यवाणी पूरा गर्दै हुनुहुन्थ्यो जसले उहाँको मुख बाट वचनहरू सिकाउनुहुने थियो । शान्ति र अहिंसाको बारेमा सिकाउँदा उहाँले यशैयाको भविष्यवाणी पूरा गर्नु भयो जुन अन्धकारलाई उज्यालोले हटाउने बारेमा माथि देखाइएको थियो । उहाँले सिकाउनु भयो कि उहाँसँग मात्र अधिकार छ, गान्धीको गुरु बन्न मात्र होइन, तपाईको र मेरो पनि गुरु हुनुहुन्छ ।
तपाईं र म र डाँडाको उपदेश
यदि तपाईंले डाँडाको यो उपदेश तपाईंले त्यसलाई कसरी पछ्याउनु पर्छ भनेर पढ्नु भयो भने तपाईं अलमल्लमा पर्नुहुनेछ । कसरी कोई व्यक्ति यस्ता प्रकारका आदेशहरू बाँच्न सक्दछन् जसले हाम्रो हृदय र हाम्रो मुद्दाहरू उजागर गर्दछ ? यो उपदेशको साथ येशूको उद्देश्य के थियो ? हामी उहाँको अन्तिम वाक्यबाट देख्न सक्छौं ।
48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।
मत्ती ५:४८
यो आज्ञा हो, सुझाव होइन । उहाँको आवश्यकतामा हामी सिद्ध हुनुपर्छ !
किन ?
येशूले डाँडाको उपदेश कसरी सुरु गर्नुहुन्छ भन्ने जवाफ प्रकट गर्नुहुन्छ । उहाँले आफ्नो शिक्षाको अन्तिम लक्ष्यलाई उल्लेख गरेर सुरू गर्नु हुन्छ ।
3 “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
मत्ती ५:३
डाँडाको उपदेश ‘स्वर्गको राज्य’ मा अन्तरदृष्टि दिनु हो । स्वर्गको राज्य हिब्रू वेदमा एक महत्त्वपूर्ण विषय हो, किनकि यो संस्कृत वेदहरूमा छ । हामी स्वर्ग वा वैकुण्ठ लोकको राज्यको प्रकृति जाँच्दछौं । हामी यहाँ देख्छौं कि येशूले त्यस राज्यको प्रकृति कसरी आफ्नो चाँगाइका आश्चर्यकर्म मार्फत प्रदर्शन गर्नुहुन्छ ।